<legend id="h4sia"></legend><samp id="h4sia"></samp>
<sup id="h4sia"></sup>
<mark id="h4sia"><del id="h4sia"></del></mark>

<p id="h4sia"><td id="h4sia"></td></p><track id="h4sia"></track>

<delect id="h4sia"></delect>
  • <input id="h4sia"><address id="h4sia"></address>

    <menuitem id="h4sia"></menuitem>

    1. <blockquote id="h4sia"><rt id="h4sia"></rt></blockquote>
      <wbr id="h4sia">
    2. <meter id="h4sia"></meter>

      <th id="h4sia"><center id="h4sia"><delect id="h4sia"></delect></center></th>
    3. <dl id="h4sia"></dl>
    4. <rp id="h4sia"><option id="h4sia"></option></rp>

        नेपालमै पहिलोपटक दुई महिला पाइलटको कमान्डमा अन्तर्राष्ट्रिय उडान
        2023-03-06 16:26:28cri
        Share with:

        नेपाल वायुसेवा निगम (नेवानि)को इतिहासमै पहिलोपटक दुई महिला पाइलटले ककपिट सम्हालेर अन्तर्राष्ट्रिय उडान गरेका छन् । पाइलट भावना पन्त र को–पाइलट सिर्जना रावतले आइतबार काठमाडौंबाट न्यारोबडी एयरबस ३२० उडाएर दुबईमा सफल अवतरण गर्नु भएको नायँ पत्रिका अनलाइनले लेखेको छ ।

        यही पाइलट जोडीले अर्को उडान दुबईबाट काठमाडौंका लागि पनि गर्दै हुनुहुन्छ। महिला चालक दलले अन्तर्राष्ट्रिय उडानको कमान्ड सम्हाल्नु नेपालका लागि ऐतिहासिक भएको निगमकी प्रवक्ता अर्चना खड्काले बताउनुभयो। निगमले अन्तर्राष्ट्रिय महिला दिवसको दिन ८ मार्चमा सबै क्रु मेम्बर महिला नै राखेर उडान गर्ने तयारीसमेत गरेको छ ।

        जहाजको कमान्ड सम्हालेर दुबई पुगेका महिला चालक दलका सदस्यलाई गैरआवासीय नेपाल संघले स्वागत गरेको छ । दुई महिला पाइलटलाई स्वागत गर्दै नेपाली जनसम्पर्क समिति, युएईका सभापति भुवानीप्रसाद तिमिल्सिनाले भन्नुभयो, ‘भविष्यमा नेपालका हरेक क्षेत्रमा महिला दिदीबहिनीहरूलाई उच्च ओहोदामा पुग्ने प्रेरणा र अवसर मिलोस् भन्दै शुभकामना दिन चाहन्छु, यहाँहरूको उज्ज्वल भविष्यको पनि कामना व्यक्त गर्छु ।’ राष्ट्रिय ध्वजावाहक नेवानिका महिला चालक दलका सदस्यलाई युएईमा स्वागत गर्न पाउँदा उत्साहित भएको उहाँको भनाइ छ ।

        निगमको अन्तर्राष्ट्रिय उडानमा महिला पाइलटको नेतृत्व नौलो होइन । क्याप्टेन पन्त आफैँले पाइलट सिटमा बसेर अन्तर्राष्ट्रिय उडान गर्दै आइरहनु भएको छ। अर्की वरिष्ठ पाइलट सोनी राणाले निगमको बोइङ ७५७, एयरबस ३२० र एयरबस ३३० जहाजको कमान्ड सम्हालेर धेरै उडान गर्नु भएको छ। तर, को–पाइलट पनि महिला नै रहेको अन्तर्राष्ट्रिय उडान भने पहिलोपटक भएको निगमका प्रशिक्षक पाइलट (आइपी) दिपु जुवार्चनले बताउनुभयो । ‘निगम र निजी एयरलाइन्सका आन्तरिक उडानमा यस्तो संयोग जुरिरहन्छ, तर अन्तर्राष्ट्रिय उडानमा दुवै पाइलट महिला परेको जानकारीमा थिएन,’ जुवार्चनले भन्नुभयो, ‘यसपटक काठमाडौं–दुबई उडानमा पाइलट र को–पाइलट दुवै महिला पर्ने संयोग जुर्‍यो ।’ 

        नेपालको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान (जहाज र हेलिकोप्टर)मा महिला पाइलटको संख्या ८५ पुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताउनुभयो। नेपालमा हालसम्म अनुमति पाएका जहाज उडाउने ४०२ पाइलटमध्ये महिला पाइलट २७ छन् भने ५२८ को–पाइलटमध्ये ५४ महिला छन् । यस्तै, हेलिकोप्टर उडाउने ३३ पाइलटमध्ये एक महिला र ८१ को–पाइलटमध्ये तीन महिला छन् । जहाज उडाउन इजाजत पाएका पाइलट (महिला र पुरुष)मध्ये अहिले क्याप्टेनतर्फ १८४ र को–पाइलटतर्फ १५६ मात्र सक्रिय उडानमा सहभागी छन् । एक हजार ४४ पाइलटमा ८५ महिला भनेको ८ प्रतिशत हो ।