<legend id="h4sia"></legend><samp id="h4sia"></samp>
<sup id="h4sia"></sup>
<mark id="h4sia"><del id="h4sia"></del></mark>

<p id="h4sia"><td id="h4sia"></td></p><track id="h4sia"></track>

<delect id="h4sia"></delect>
  • <input id="h4sia"><address id="h4sia"></address>

    <menuitem id="h4sia"></menuitem>

    1. <blockquote id="h4sia"><rt id="h4sia"></rt></blockquote>
      <wbr id="h4sia">
    2. <meter id="h4sia"></meter>

      <th id="h4sia"><center id="h4sia"><delect id="h4sia"></delect></center></th>
    3. <dl id="h4sia"></dl>
    4. <rp id="h4sia"><option id="h4sia"></option></rp>

        भेरी-बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
        2023-03-06 16:25:27cri
        Share with:

        राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले आर्थिक वर्ष २०७१/२०७२ बाट निर्माण सुरु गरेकोमा हालसम्म ६० प्रतिशत भौतिक र ४३ प्रतिशत वित्तीय प्रगति भएको छ। नेपालमा पहिलो पटक टनेल बोरिङ मेसिन (टिबिएम) प्रविधिको प्रयोग गरी निर्माण गर्न लागिएको आयोजनाबाट लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाका करिब ५१ हजार हेक्टर कृषियोग्य जमिनमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउने तथा ४६ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको आयोजनाको काम तीव्र गतिमा अगाडि बढिरहेको गोरखापत्र अनलाइनले लेखेको छ।

        आयोजनाको पहिलो चरणमा १२ किलोमिटर लामो सुरुङ दश अर्ब ५६ करोड लागतमा निर्माण कार्य सम्पन्न भइसकेको छ। चिनियाँ कम्पनी चाइना इन्जिनियरिङ ओभरसिज प्रालि (कोभेक)ले तोकिएको समयभन्दा एक वर्ष अगावै टनेल बोरिङ मेसिन (टीबीएम)का सहायताले सुरुङ निर्माण गरिसकेको छ। हाल दोस्रो चरणका काम सिभिल संरचना (हेडवर्क्स, पावर हाउस तथा सर्ज साफ्ट) हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल अन्तर्गतका काम धमाधम भइरहेका छन्। 

        दोस्रो चरणका बाँध र विद्युत् गृह निर्माणका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण जेभी र आयोजनाबीच आर्थिक वर्ष २०७९/०८० मा काम सम्पन्न गर्ने गरी ११ अर्ब ५२ करोड ६१ लाखमा २०७६ साउनमा ठेक्का सम्झौता भएको थियो। दोस्रो चरणका सबै चालु आर्थिक वर्षको असार मसान्तसम्म सक्नुपर्ने कार्यादेश भएको भएपनि यी काम सम्पन्न गर्न थप दुई वर्ष लाग्ने देखिन्छ। विश्वव्यापी फैलिएको कोरोना महामारी, निर्माण सामाग्री अभावलगायत समस्याका कारण तोकिएको समयमा आयोजना निर्माण हुन नसकी पछाडि धकेलिएको आयोजनाले जनाएको छ। 

        आयोजनाले हाइड्रो मेकानिकलअन्तर्गत गेट तथा पेनस्टक पाइप निर्माणका लागि ठेकेदार परिचालन गर्नुका साथै इलेक्ट्रोमेकानिकल अन्तर्गत टर्वाइन, जेनेरेटर, स्विचयार्ड डिजाइनका काम रहेको आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीलले जानकारी दिनुभयो। 

        आयोजनाको कुल लागत ३६ अर्ब ८० करोड ७७ लाखमध्ये हालसम्म १५ अर्ब ६८ करोड ९६ लाख रुपियाँ खर्च भइसकेको छ।