छिन राज्यले अन्य छवटा राज्यहरुलाई एकीकृत पारेपछि एकीकरण र पृथकता सामाजिक विकासको मूल्यांकन गर्ने सिद्धान्तहरुमध्येको एक बन्यो। तर सबै एकीकरण राम्रो तर पृथकता नराम्रो भन्ने कुरा होइन। कुनै एक वंशको शासनकालको अन्तमा एकदम भ्रष्टाचार देखिने, उत्पादन शक्तिको विकासमा बाधा सिर्जना हुने, जनताको जीवनस्तर निकै खस्किने अवस्थामा राजनैतिक विप्लव आवश्यक हुनु राम्रो कुरा हो। पृथक भएपछि पुनः एकीकरण नै चीनको इतिहासको विकासको सामान्य अवस्था हो। एकीकरणबाट सुरक्षित सामाजिक वातावरण प्रदान गरिनुका साथै सामाजिक उत्पादनको विकास र जनताको जीवनस्तरमा सुधारका लागि पनि यो निकै सहयोगी सावित भएको देखिएको छ। त्यसैले एकीकरण समृद्ध अवधिको एउटा महत्वपूर्ण द्योतक बनेको छ। इशापूर्व 179 देखि 157 सम्म सि हान वंशका उन ती सम्राटको शासन अवधि, इशापूर्व 156 देखि 141 सम्म चिंग ती सम्राटको शासन अवधि र इशापूर्व 140 देखि 87 सम्म ऊ ती सम्राटको शासन अवधिमा चीनको भू-भागको विस्तार गरिएको थियो। ती अवधिमा उत्तरतिर स्यौं नु राज्यसँग आधा शताव्दीसम्म संघर्ष गरी त्यसलाई मरुभूमिको उत्तरतिर हटाउनुका साथै पहिले स्यौं नु राज्यले ओगटेको मरुभूमि क्षेत्रको दक्षिणी भागलाई आफ्नो नक्सामा गाभिएको थियो।
थांग वंश कालमा देखिएको एकीकरण नै हान वंशपछिको अर्को विस्तार थियो। त्यस अवधिमा चीनको भू-भागको क्षेत्रफल हान वंशको तुलनामा धेरै बढेको थियो।
हान र थांग वंशमा चीनको अभूतपूर्व एकीकरणको लक्ष्य साकार भएको थियो र ती दुइवटा अवधि नै चीनको भू-भाग विस्तार भएका दुइवटा निकै महत्वपूर्ण ऐतिहासिक अवधि हुन।
समृद्धिका यी पाँचवटा अवधिमा एकीकरणको आधारमा देशको दीर्घकालीन सुरक्षा र उत्पादनको क्षेत्रमा स्थीर विकास हुनुका साथै खाद्यान्न र राष्ट्रिय भण्डारमा सञ्चय भएको रकममा पनि निकै वृद्धि भएको थियो।